वीरगंज : पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाटामा शनिबार निशुल्क आँखा शिवीर सम्पन्न भएको छ।
यहाँस्थित श्री मसरुर पव्लिक विद्यालयको प्राङ्गणमा “प्रेम सबै लाई गर कसैलाई घृणा न गर भन्ने मूल नाराका साथ सो शिवीर सम्पन्न भएको हो।
केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा सो शिवीर सम्पन्न भएको छ।
शिवीरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो। जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको शल्यक्रिया परवानीपुर केडिया आखाँ अस्पतालमा हुने छ। सो शिवीरमा केडिया आखाँ अस्पतालको प्राविधिक डाक्टर डा अम्बिका साह, व्यास महतो, कौशल कुमार कर्णले आँखा जाँच गरेका थिए।
सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको हो। विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहनराउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राज किशोर साहको विशिष्ट आतिथ्य सो कार्यक्रममा रहेको थियो।
शिवीरमा आँखा जाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले जानकारी दिए।
आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।


