गढीमाई मेलामा बली सहिएपछि दर्शनार्थीहरु घर फर्किदै

संदिप प्रसाद यादव
539 पाठक संख्या

कलैया : विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा राँगा र बोका बली समाप्त हुँदै दर्शनार्थीहरु घर फर्किदै छन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरीयारपुरस्थित गढीमाई मन्दिरमा संचालित मेलामा बली समाप्त हुँदै दर्शनार्थीहरु दर्शन गरि घर फर्किदै हुन् ।

गत मंसिर १ गतेदेखि सुरु भएको मेलामा करिब एक करोड भन्दा बढी दर्शनार्थीहरुको दर्शन गरि आ–आफ्नो घर फर्किदै गरेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले साझेदारी दैनिकलाई बताएका छन् ।

करिब ७० प्रतिशत दर्शनार्थीहरु बारामा रहेको पचरौताको पिपरपाती,मटिअर्वा,सिम्रौनगढ,सन्तगन्ज नाका र पर्साको बिरगंज नाकामा हुँदै भारतीय दर्शनार्थीहरु फर्केका उनले बताए । अहिले पनि ३० प्रतिशत दर्शनार्थीहरु मेलामा रहेको उनले जानकारी दिए ।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा पनि दर्शनार्थीहरुको सवारीसाधनको जाम लागेको उनले बताए ।

Leave a review

This will close in 0 seconds