एक महिनासम्म लागेको गढीमाई पञ्चबर्षीय मेला सम्पन्न

साझेदारी दैनिक
515 पाठक संख्या

कलैया : एक महिनादेखी संचालन भएको बाराको गढीमाई पञ्चबर्षीय मेला आईतबार बिधिवत रुपमा सम्पन्न भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई मन्दिरमा लागेको गत मंसिर १ गतेदेखि जारी विश्व प्रसिद्ध पञ्चबर्षीय मेला शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । एकमहिना सम्म लागेका उक्त मेलामा दुई करोड भन्दा बढि दर्शनार्थीहरुले दर्शन गरेको मेला समितिले जनाएको छ ।

मेला भर्न जिल्लाको आठ वटा नाका बाट भारतिय दर्शनार्थीहरु आएका थिए ।भने नेपालको बिभिन्न स्थान बाट दर्शनार्थीहरु मेला भर्न आएका थिए ।

जिल्लाको सिम्रौनगढको बसवरिया,नन्दसगरा ढाट,पचरौताको बेलदारी नाका,सुवर्ण गाउँपालिकाको कवही गोठ नाका,देवताल गाउँपालिकाको अमवा,बिश्रामपुर गाउँपालिकाको मुसहर्वा,कलैया उपमहानगरपालिकाको मटिअर्वा र पर्साको बीरगञ्ज नाका भएर भारतको बिभिन्न स्थानका दर्शनार्थीहरु मेला भर्न आएको समितिले जनाएको छ ।

मेलामा दश हजारको संख्यामा रंगा बली दिईएको थियो । हजारौको संख्यामा बोकाको बली दिईएको छ ।मेलामा शान्ति सुरक्षाको लागि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

मेलामा शान्ति सुरक्षाका लागि खटिृएको सुरक्षाकर्मी समेत फर्किएका छन ।भने मेलामा हुने लुटपाटका घटनालाई नियन्त्रण गर्नका लागि सिसिटिभी क्यामरा जडान गरिएको समितिले जनाएको छ ।

मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती,सी क्यामरा,शौचालय,पार्किङ,खानेपानी,घुम्ती एटिएम,मन्दिर वरिपरि वाईफाई,मेलास्थलको सबै नाकातिर पार्किङ,ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर,एम्बुलेन्स,वारुण यन्त्र तथा भोजन लगायतको ब्यवस्था गरिएको थियो ।

मेला सकिएपनि गढीमाई मन्दिरमा भने दर्शनार्थीहरु आउने क्रम जारी रहेको छ । माघे संक्रान्तिमा समेत लाखौको संख्यमा दर्शनार्थीहरु गढीमाई मन्दिरमा दर्शन गर्न आउने समितिका एक सदस्यले बताएका छन ।

गढीमाई मेलामा बोकाको बली दिन नस्केका भक्तजनहरु माघे संक्रान्तीको अवसरमा बली दिने चलन रहेको जनाईएको छ ।

Leave a review