रौतहट प्रहरीले सात सय लिटर अवैध घरेलु मदिरा गरे नष्ट

साझेदारी दैनिक
325 पाठक संख्या

रौतहट: करण कुमार मिश्र/ अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरालाई नियन्त्रण लिएर रौतहट प्रहरीले नष्ट गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै सात सय लिटर मदिरा प्रहरीले शनिवार नष्ट गरेको हो ।

गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा लुकाई छिपाई संचालन गरेको ३ ओटा अबैध दारु भट्टीहरुमा प्रहरी टोलीले विशेष सुचनाको आधारमा छापा हानी ठुलो परिणाममा घरेलु मदिरा,कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिएर सञ्चारकर्मीहरुको रोहवरमा नष्ट गरेको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिएका छन ।

अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बेच्न तथा तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु रक्सी र २८ सय लिटर कच्चा पदार्थ ,रक्सी बनाउन प्रयोग गरिएको भाँडा हण्डा ४ थान,डेक्चि ८ थान,स्टिल बाल्टिन ३ थान,ग्यास सिलिन्डर ४ थान,ग्यास चुल्हो ४ थान,प्लास्टिक ग्यालन १४०,प्लास्टिक बाल्टिन १० थान सामान सहित बारामद गगसबै समान नस्ट गरिएको निरीक्षक गुप्ताले बताए ।

मदिरा बिक्री वितरणका साथै ओसारपसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको उनले बताए ।

प्रहरीले विगतका वर्षमा पनि चाडपर्वको समयमा ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको जानकारी दिए । भट्टी संचालकहरु भागि गएको हुँदा निजहरुको खोजतलास भईरहेको निरीक्षक गुप्ताले जनाए ।

Leave a review