बारा प्रहरीले ठुलो मात्रमा भन्सार छलिका लताकपडा र अलैची वरामद गरेको छ ।इलाका प्रहरी कार्यालय जितपुरबाट बाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरवाट शनिवार झण्डै ११ लाख ५५ हजार वरावरको लताकपडा वरामद गरेको हो ।
पथलैया–वीरगंज सडक खण्डमा वीरगंजबाट जीतपुरतर्फ आएको ना २ च ६६७९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको उक्त लताकपडा वरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले उक्त पिकप र पिकअपका चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने वर्ष २२ को छोटेलाल पटेललाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा आईतवार बुझाएको छ ।
यसैगरी निजगढ नगरपालिका वडा नं.९ स्थित सवारी चेकजाँजको क्रममा प्रहरीले भन्सार छलीको अवैध तीन सय २० किलो अलैची वरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले पुर्व–पश्चिम राजमार्ग अन्तरगत सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ लादै गरेको प्रदेश नं.२–०३–००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको रू एकलाख २८ हजार मुल्य वरावरको उक्त अलैची फेला पारी बरामद गरेको हो ।
प्रहरीले अलैच ओसारपसार गर्न प्रयोग गरिएको उक्त पिकप समेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता गौतम मिश्रले जानकारी गराएका छन ।