Sajhedari Daily
Latest News from Nepal

टेरा मोटर्सले ल्यायो ६ जना यात्रु बस्ने ब्याट्रीबाट चल्ने अटो

अटो रिक्साको ब्यावसाय गर्दै आएको टेरा मोटर्सले ब्याट्रीबाट चल्ने अटो रिक्सा बजारमा ल्याएको छ ।

६ जना यात्रुहरु बस्न सक्ने सिट क्षमताको अटो रिक्साको बीरगञ्जको होटेल भिस्वामा आईतबार साँझ एक कार्यक्रमको आयोजना गरि टेरा मोटर्सले ब्याट्रीबाट चल्ने ६ सिट क्षमता भएको अटो रिक्सा सार्बजकिन गरेको छ ।

कार्यक्रममा टेरा मोटर्सका प्रबन्ध निर्देशक सुशिल गोयकाले अटो रिक्सा सार्बजकिन गरेका थिए ।

नेपालको तराईदेखि पहाडसम्म सजिलै उकालो ओरोलोमा उक्त रिक्सा चलाउन सकिने जनाइएको छ ।

आफना ग्राहकहरुलाई कम मुल्यमा नै बढी फाईदा होस भनी यो रिक्सा बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

यात्रुहरु कम राख्ने मिल्ने जन गुनासोलाई मध्यनजर गर्दै कम्पनीले सिट क्षमता बढी भएको अटो रिक्सा बजारमा ल्याएको हो ।

अटो रिक्साको मुल्य यस भन्दा अघिको अटो रिक्सा भन्दा पनि कम रहेको कम्पनीको दाबी रहेको छ ।

अटो रिक्सालाई ४ लाख ५० हजार रुपैया खर्च गरेर सर्ब साधारणहरुले खरिद गर्न सक्नेछन ।

यस अटो रिक्सामा डिजिटल मिटर बक्स भिडियो अडियो प्लेयर,ब्याक क्यामेरा जडान गरिएको छ ।

साथै यसको मिटरको लुक कारको मिटर बक्स जस्तै आकर्षक बनाइएको छ ।

अटो रिक्सा सार्बजनिक कार्यक्रममा नेपालका टेरा मोटर्सका आधिकारिक बिक्रेताहरुको सहभागिता रहेको थियो ।

उनीहरुले अटो रिक्सा चलाएर पनि टेष्ट राईड गरेका थिए ।