अबैध मदिरा भटृी नष्ट

साझेदारी दैनिक
371 पाठक संख्या

बारा : प्रहरीले सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गञ्जभवानीपुरको तीन स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भटृी नष्ट गरेको छ ।

प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलिले अबैध मदिरा भटृी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन।

उक्त मदिरा भटृी बाट तयारी मदिरा २०० लिटर, कच्चा पदार्थ १८०० लिटर, सानो ड्रम पांच वटा र ठुलो ड्रम दुई वटा बरामद गरेको छ ।

बरामद गरिएको तयारी मदिरा रु बीस हजार र कच्चा पदार्थ रु नब्बे हजार रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds