बारा : बाराको सुवर्ण गाउँपालिकामा बुधबार सम्पन्न एक भेलाले मनोज रामको अध्यक्षतामा नेपाल उत्पीडित जातिय मुर्ति समाजको २३ सदस्यीय गाउँपालिका स्तरिय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा भुटा दास,जगरनाथ राम,सचिवमा बृजकिशोर राम,उप सचिवमा उषा देवी,कोषाध्यक्षमा सुमिन्त्रा देवी राम रहेकी छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बारा क्षेत्र नम्बर दुईका ईन्चार्ज,बलबिर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा मनोज रामको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।
उक्त भेलामा मुर्ति समाजका रामनाथ बैठा,नेकपा एमाले बाराका उपाध्यक्ष भुलन चौधरी,नेपाल उत्पीडित जातिय मुर्ति समाज बाराका अध्यक्ष शर्मा बैठा,एमाले बाराका जिल्ला सदस्य सतपाल यादव,राकेश साह लगायतको बिशेष उपस्थिती रहेको थियो ।
भेलामा सञ्चालन मदन बैठाको रहेको थियो ।


