स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन पत्रकारहरुको भुमिकामा ठुलो योगदान छ : नगरप्रमुख चौधरी

साझेदारी दैनिक
285 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले देशको परिवर्तनका विभिन्न काल खण्डमा पत्रकारहरुको अतुलनीय भुमिका रहेको बताएका छन ।

नेपाल आदिवासी जनजनाति पत्रकार महासंघ(फोनिज)बारा शाखाको नवनिर्वाचित पदाधिकारीहरुलाई सपथप्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको विहीबार उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।

देशका परिवर्तनहरुमा जनताको आवाजलाई पत्रकारहरुले कलममाफर्त बुलन्द गर्ने काम गरेकै कारण आज यो उपलब्ध भएको नगरप्रमुख चौधरीले बताए ।

उहाले पत्रकारहरुले आफ्नो ज्यानलाई आहुति राखेर भएपनि समाजका विकृति,विसंगतिहरुलाई उजागर गर्ने काम निरन्तर भईरहेको र अझपनि गर्न जरुरी रहेको बताए ।

अहिले देशमा तीन तहको सरकार भएकोले नागरिकको घर नजिकैको स्थानीय सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने भुमिकामा पत्रकारहरुको पनि ठुलो योगदान हुने भएकाले थप जिम्मेवारीका साथ स्थानीय सरकारलाई झकझकाउने काम गर्न नगरप्रमुख चौधरीले आग्रह गरेका छन ।

स्थानीय सरकारले गरेको राम्रा कामहरुलाई जनतामाझ पु¥याउने काम गर्नमा पनि पत्रकारहरुको थप सहयोग आवश्यक रहेको उहाको भनाई थियो ।

कोल्हवी वडा नम्बर ४ स्थित सपहीको पथलयाघाटमा आयोजित उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी चौधरी,वडाअध्यक्षहरु वडा नम्बर १ का राजहरण चौधरी,वडा नम्बर ३ का किशुनदयाल चौधरी,वडानम्बर ४ का विष्णु प्रसाद मैनाली, वडा नम्बर १० का कुन्जविहारी चौधरीलगायतकाले शुभकामना मन्तव्य रख्नुभएकोे थियो ।

यसैगरी कार्याक्रममा नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष विरेन्द्र चौधरी,इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख किशन बस्नेत,बाराका अग्रज पत्रकारहरु गुरुप्रसाद गौतम,गोकुल घोरासाईने, नेपाल प्रेस युनियनका मधेश प्रदेश सचिव सन्तोष पाण्डे,फोनिजका सल्लाहकार जीतलाला श्रेष्ठ,कोल्हवीका समाजसेवी संजय चौधरी लागयतकाले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा फोनिजका मधेस प्रदेश अध्यक्ष दुश्यान्त चौधरीले नवनिर्वाचित अध्यक्ष धिरेन्द्र पनुहर सहित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथप्रहण गराउनुभएको थियो ।

निर्वाचन समितिका संयोजक भुवन चौधरीको अध्यक्षता भएको कार्यक्रमको संचालन बिनिता चौधरीले गरेकी थिइन् । भने स्वागत मन्तव्य नव निर्वाचित उपाध्यक्ष ईन्दिरा चौधरीले गरेकी थिइन ।

गत माघ १ गते भएको (फोनिज) को चौथो अधिवेशनबाट धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ सदस्यी जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए ।

Leave a review