लाखौंको अवैध सामान राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईयो

संदिप प्रसाद यादव
317 पाठक संख्या

कलैया :जिल्ला प्रहरी कार्यालय मातहतका निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले बरामद गरेको लाखौंको सामान राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रकाश सापकोटाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरीले गाडीहरूलाई रोकी जाँच गर्दा बिल भरपाई भन्दा बढी, सामानको स्रोत खुलाउन नसकेको र आवश्यक कागजात नभएको सामान बरामद गरेको हो ।

प्रहरीले ६१ लाख १३ हजार आठ सय ५५ रूपैयाँ बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।

प्रहरीले जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३–०१–००५ ख ९४२२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३,३६,७०७ बराबरको चिनी–३५ बोरा,आलु– ६ बोरा,प्याज– ५ बोरा लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुर बाराले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर चोकमा प्रहरी नायब निरीषक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।

प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकमा लोड गरेको ३१ लाख ७९ हजार २२ रुपैयाँ बराबरको सामान बरामद गरेको हो। सो टोलिले तिरपाल,मोविल,प्लास्टिक सतलि,सुटके,बकरम लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो।

यस्तै प्रहरी चौकी पथलैयाले बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जाँच गरेको हो।

सो टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०२–०३–००१ ख ३६८९ नम्बरको ट्रकमा लोड गरेको २५ लाख ९८ हजार एक सय छब्बीस रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

प्रहरीले अटोपार्ट,लालीपप,चनादाल लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो ।

Leave a review

This will close in 0 seconds