बारा र पर्सामा अहिले दैनिक जसो भन्सार छलीका सामानहरु बरामद भईरहेका छन । स्थानीय प्रहरीले भन्सार छलीका खाद्यान्न, लताकपडा आदी सामानहरु प्रहरीले बरामद गर्ने गरेको हो । जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय पर्साले हरेक दिनमा लाखौ मुल्य बरावरको सामानहरु नियन्त्रणमा लिने गरेको छ । भन्सार छलीका सामान सहित प्रहरीले विभिन्न सवारी साधन तथा मालवाहक ट्रकहरुमा विलविजक भन्दा बढिको मालसामानहरु लोड गरेर भन्सार छली गर्ने गरेका सवारी साधनहरुलाई समेत नियन्त्रणमा लिने गरेको छ । यस्ता सवारी साधनहरु क्तिपय प्रहरी प्रशासनको नजमा नै नपर्ने र उन्मुक्ती पाउदा लाखौको भन्सार रकम अपचलन हुने समस्या पनि छ ।
बारा प्रहरी आईतवार पहिले बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चौक नजिक दश गजा स्थित चार वटा मोटरसाईकलमा १२ वटा बोरामा धान लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । भारतबाट नेपाल तर्फ आउदै गरेको ती ४ वटा मोटरसाईकलहरुमा ३ वटाको दरले धान ल्याउदै राख्दै गरेको १२ बोरा धान प्रहरी टोलीले नियन्त्रण लिएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीको मातहकको प्रहरी टोलीले पर्सा प्रहरीले भन्सार छली ल्याइएको साढे पाँच लाख भन्दा बढीको सामान बरामद गरेको थियो । भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरेको थियो । यी दुई घटना त उदाहरण मात्र हुन । यस्ता घटनाहरु दैनिक रुपमा हुने गरेका छन ।
बारा,पर्सा सहित मधेस प्रदेशका सवै जिल्लाहरु छिमेकी देश भारतसंग जोडिएको छन । छिमेकी देश भारतसंग जोडिका सवै जिल्लाहरुमा खुल्ला सिमाना छन । खुल्ला सिमानाका कारण पनि अधिकांश जिल्लाहरुमा भन्सार छली, चोरी निकासी,पैठारी हुने गरेको छ ।अहिले नेपालीहरुका विभिन्न चाडपर्वहरु नजिकिदै छन । चाडपर्वहरु नजिकिएसंगै भन्सार छली र चोरी निकासीका घटनाहरु पनि बढदै गईरहेका छन । भारतबाट सवै भन्दा बढि चिनी, काजु,केराउ,मैदा,सुर्ती, खाने तेल जस्ता खाद्यान्न र विभिन्न लताकपडाहरु चोरी तस्करी हुने गरेको छ । सिमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयहरु सरकार सुचारु नगर्दा पनि चोरी तस्कारीका घटनाहरुले प्रसय पाईरहेका छन । तर्सथ चोरी निकासी नियन्त्रण गर्न र राजश्व बढाउन सरकारले सिमा क्षेत्रमा सुरक्षाजाँच बढाउन र बन्द रहेका छोटी भन्सार कार्यालयहरु संचालन गर्न जरुरी छ ।

