बारामा आज थपिए एक जना संक्रमित एफएममा कार्यरत संचारकर्मी

साझेदारी दैनिक
साझेदारी दैनिक 503 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा आज एक जनामा कोरोना भाईरस(कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तीद्धारा जानकारी गराउदै बारा करैयामाई गाँउपालिका वडा नम्बर ५ का ३८ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी गराएको छ ।

संक्रमित कलैया स्थित एक एफ एममा कार्यरत संचारकर्मी हुन । उनी सहित बाराका ४३ जना संचारकर्मीहरुले शुक्रवार स्वाव संकलन गराएका थिए । यसअघि पनि पर्सामा दुई, धनुषामा एक र उदयपुरमा एक जना पत्रकारहरुमा समेत संक्रमण भएको पुष्टि भईसकेको छ ।

यसैगरी रौतहटमा पनि आजै विहान ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । नया थपिएकाहरु मध्ये इशनाथ नगरपालिका र माधवन नायारण नगरपलिकाको रहेका मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमितहरु वसेको वडाहरुमा सिल गर्ने तयारी गरिएको र संक्रमितको पहिचान गर्ने काम भईरहेको स्थानीय निकायहरुले जनाएका छन ।

 

समाचार शेयर गर्नुहोस
Leave a review