अबैध लागु औषधसहित एक पक्राउ

साझेदारी दैनिक
326 पाठक संख्या

कलैया : प्रहरीले सर्लाहीको बिष्णु गाउँपालिका वडा नम्बर २ बाराउधोरण बाट मंगलबार दिउसो अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सितामढी जिल्ला सिम्हरिया बस्ने ३८ बर्षिय मुन्ना यादव रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जानकारी दिएको छ।

उनको साथ बाट अबैध लागु औषध कोरेक्स डि.एक्स. १५ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बाराउधोरण र सशस्त्र प्रहरी बल बाट खटिृएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बि.आर ३० ए.एम.९२२८ नम्बरको मोटरसाईकललाई जांच गर्ने क्रममा उनलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो । उनी माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds