आन्तरिक राजश्व कार्यालय सिमरामा भद्रगोल ब्यवस्थापन,कर दाखिला गर्न चार पाँच दिन लाग्ने सेवाग्रहीको गुनासो

साझेदारी दैनिक
साझेदारी दैनिक 564 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

श्रीकान्त गुप्ता/
बाराको सिमरामा रहेको आन्तरिक राजश्व कार्यालयमा कर्मचारीको लापरवाहीले सेवाग्राहीलाई कर तिर्न सास्ती भएको छ ।
विभिन्न ब्यवसाय कारोबारका लागि प्यान लिन र बर्ष भरी गरेको कारोबारको कर तिर्न सिमरा कर कार्यालायमा आएका सेवाग्राहीलाई कार्यालयको भद्रगोल ब्यवस्थापनका कारण समस्या भएको हो ।

करिब ६ महिना बन्दाबन्दीका कारण वन्द रहेको कार्यालय खुलेपछि सेवाग्रहीको भिड बढेपनि कर कार्यालयले सेवाग्राहीमा समाजिक दुरी पालना नगराई सेवाग्राहीको ज्यान जोखिममा राखेर कार्यालयले कर तिर्न वाध्य बनाएको छ।

लामो दुरीबाट चर्को घाम र धुलोमा कर तिर्न आएको सेवाग्राहीलाईले चर्को घाम मै कार्यालयको झयालबाट घण्टौ कुरेर कर तिर्न वा प्यान नम्बर लिन बाध्य छन । कार्यालयको दर्ता फाट, खाता दर्ता फाँट, बैंक भाउचर बुझाउने फाटमा समाजिक दुरी पालन नगराई भद्रगोल पारेर सेवाग्राहीको ज्यान जोखिममा राखेर कर दाखिला गर्नुपनरेको सेवाग्राही सत्यनारायण बिष्णुले गुनासो गरेका छन ।

कर कार्यालय सिमरामा सेवाग्रहीबाट कर्मचारीमा कोरोना भाइरस सर्ने डर त्रासका कारण सिमरा कर कार्यालयले करदाताको डकुमेन्ट इमेल मार्फत बुझेर कर तिर्न व्यवस्था गरेको छ तर ब्यवासायको लागि प्यान नम्बर लिन र कर तिर्न गाउँबाट आएका सेवाग्राहीलाई अनलाई फर्म, अनलाइन निबेदन , के वाइ सी र इमेलबाट डकमेन्ट कसरी पठाउने जस्ता कुरा जनकारी नहुदां सेवाग्राहीलाई कर तिर्न गाह्रो भएकोछ ।

कर कार्यालयमा सहज तरिकाले कर तिर्न र प्यान लिन ब्यवस्थापन नहुदा लामो दुरीबाट कर तिर्न आएका सेवाग्राहीले अलमलमा पर्ने गरेका छ्न । कर दाखिला गर्न वा प्यान कसरी लिने प्रक्रिया बारे बुझन दिन भर लागेपनि विभिन्न काजको बहानामा कर्मचारीले सेवाग्राहीलाई घर फर्काउकाउने गरेका छ्न ।

कर कार्यालयमा कर्मचारी र अडिटरको सेटीङ्गमा आएको ब्यक्तिको छिटो छरितो एक दिनमा कर तिर्ने काम भइरहेको छ भने स्वयम सेवाग्राहीले आफैले कर तिर्न आउँदा विभिन्न कागजको बहानमा झनझट लगाएर एक दिनको काममा चार÷पाँच दिन लगाएर कर बुझने गरेको अर्का सेवाग्रही चन्द्र शेखर यादवले आरोप लगाएका छ्न ।

यता कर कार्यालय वरपर रहेका साइबरहरुले करतिर्न आउने करदाताहरुसंग डकमेन्ट इमेल गर्न चार पाँच सय रुपैया लिएर ठगि गरिरहेका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review