राम मण्डल/
तेस्रो मुलकबाट भारत हुदै साढे २३ हजार टन डिएपी मलभिजेको अवस्थामा वीरगञ्जको र्सिसिया सुख्खा बन्दगाहमा आईपुगेको छ ।
ग्लोबल टेण्डरमार्फत साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मगाएको मलमध्ये साढे २३ हजार टन अर्थात ४७ हजार बोरा डिएपी मल वीरगञ्ज स्थित र्सिसिया सुख्खा बन्दरगाहमा आईपुगेको हो । दुई तीनदिन अघि बन्दरगाहमा साढे २३ हजार टन डिएपी मलअनलोड गरिएकोमा सो मध्ये अधिकांश भिजेको बोरा पनि रहेकाले बन्दरगाहमा आएको मलअहिले जस्तो आएको त्यस्तै अवस्थामाबन्दरगाहको गोदाममा अनलोड गरि राखिएको र्सिसिया सुख्खा बन्दरगाहका प्रवक्तता जगदिश कुमार पर्बेले जानकारी दिए ।
बन्दरगाहका अनुसार अहिले आएको मलमध्ये कति मल ठिक अवस्थामा रहेको तथा कति बिग्रेको भनेर बिमा सर्भेयरले सर्बे गरेर गएको छ । बन्दरगाहमा आएको राम्रो मालसामान मात्रै जाँचपास हुने ब्यास्था रहेकोले डिएपी मलमध्ये जतिबिग्रेको छ त्यो कुनै पनि अवस्थामा जाँचपास नगरिने बन्दरगाहले जानकारी दिएको छ ।
४७ हजार बोरामा रहेको डिएपी मलमध्ये अधिकांश बोरा भिजेको अवस्थामा पानी चुहिरेको अवस्थामा छ । यस्तै केही बोरामा रहेको मल डल्लो परेको अवस्थामा छ । यसअघि पनि गत भदौमा साल्ट ट्रेडिङले नै मगाएको २५ हजार टन डिएपी मलमध्ये ६ हजार टन मलबिग्रैको अवस्थामाआएको थियो । त्यो बेला २५ हजार टन मध्ये ६ हजार टन डिएपी पानी चुहिरहेको डल्लो परेको अवस्थामा आएको थियो ।
बिग्रेको अवस्थामाआएको उक्त डिएपी मलअहिले पनि बन्दरगाह कै गोदाममा रहेको छ । त्यो बेलामा ६ हजार टन भिजेको मल नलिई सो मध्ये राम्रो अवस्थामा रहेको १९ हजार टन मात्रै डिएपी आफनो गोदाममा ल्याइएको साल्ट ट्रेडिङ करर्पोरेशन वीरगञ्जका प्रमुख अमोद लामिछानेले बताए ।
कर्पोरेशनका अनुसार भिजेको वा बिग्रेको अवस्थाको मल कुनैपनि अवस्थामा कर्पोरेशनले नलिने तथा त्यसको सम्पुर्ण जिम्मेवारी सम्बन्धित सप्लायर्स नै हुने बताएको छ ।
कर्पोरेशन र आपुतिर्ककर्ताबीच भएको सम्झौता अनुसार कर्पोरेशनको गोदामसम्म आई नपुगेको परिमाणको मलको भुक्तानी नगरिने कर्पोरेशनले जनाएको छ ।