कोरोना भाइरस कोभिड–१९ को नाममा बन्दा बन्दी सहित निषेधाज्ञा,सटडाउन गरिएको पनि आज संम्म झन्डै ६ महिना बितिसकेको छ । २०७६ फागुन देखि बन्द भएको मुलुक भरिकै शैक्षिक संस्था हाल संम्म पनि पुर्ण रुपमा बन्द छ । लाखौ भविष्यका कर्णधार बालबालिका पुर्ण रुपमा शिक्षाबाट बञ्चित छन । सामुदायिक बिद्यालय र निजि बिद्यालयहरुले सरकारको निर्देशन अनुसार सबै शैक्षिक संस्था बन्द मात्र गराएका छ्न भने पढाउने बिषयमा कुनै बैकल्पिक व्यवस्था गरिएको छैन । बिद्यालयमा अध्यापन गराउने आश्रित शिक्षक शिक्षिकाको पारिश्रमिक पुर्ण रुपमा रोकिएको छ । सामुदायिक बिद्यालयका सम्पुर्ण शिक्षकले पठन पाठन नगराए पनि सरकारले तोके बमोजिमको तलबको चौमासिक स्केल निकासी गरे पनि निजि शिक्षण संस्थामा पढाउने शिक्षण संस्थाले सात महिना देखि कौडी रुपैया पनि पाएका छैनन । निजि बिद्यालयको संघ टिचर एसोसिएसनका अनुसार आफुहरुले बर्षौ काम गरि कमाई दिएको निजि बिद्यालयका संञ्चालकहरुले मुलुकमा अफ्ट्यारो पर्दा आफुहरुलाई एक रुपैया पनि सहयोग नगरेको गुनासो गरिरहेका छन ।
बौद्धिक श्रम गरि बर्षौ देखि परिवार पालिरहेका निजि बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई अहिले न त बिद्यालय संञ्चालकहरुले केही हेरेका छन,न त सरकारको कुनै तहले राहतको नाममा एक गेडो अन्न नै दिएका छन । राज्यमा चाहिने कुशल जनशक्तिको शिक्षा क्षेत्र मार्फत बौद्धिक श्रम खर्च गरेर बिज्ञ बनाउने निजि शैक्षिक संस्थाका बौद्धिक श्रमिकलाई आज यास्तो अवस्थामा अवहेलना गर्नु भनेको उनिहरुलाई मानसिक रुपमा बिचलित बनाई भविष्यमा पेशा प्रति नै नकारात्मक भावना श्रुजना गराउने काममा राज्यका सम्पुर्ण तहका सरकार लागि रहेको एसोसिएसन संम्बद्द शिक्षकहरूको भनाइ रहेको छ ।
यसरी आफ्नो बौद्धिक श्रमलाई खर्च गरेर बालबालिका देखि युवा पिढिलाई शैक्षिक क्षेत्र मार्फत सुन्दर भविष्यको कुशल मार्गमा डो¥याने अभियान्ताहरुलाई अपहेला गर्नु भनेको देशका सबै तहमा शासन गरेर बसेका शासकहरु नै अपहेलित हुनु हो ।त्यसैले निजि बिद्यालयमा काम गरि नेपालको शैक्षिक जगतलाई यहाँ संम्म ल्याइपु¥याउने बौद्धिक श्रमिकलाई बच्नको निम्ति खान अनिवार्य हुन्छ,यसप्रति सबै तहका सरकारले ठोस कदम चालोस । देशमा लोकतान्त्रिक र लोककल्याणकारी शासन भएको प्रत्याभूति दिओस ।