अबैध घरेलु मदिरा भटृी नष्ट

साझेदारी दैनिक
361 पाठक संख्या

कलैया : प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ सानो ईटवालमा अबैध रुपमा सञ्चालित तीन वटा अबैध घरेलु मदिरा भटृी नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिृएको प्रहरी टोलीले अबैध घरेलु मदिरा भटृी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले मदिरा भटृी बाट तयारी मदिरा १० लिटर,कच्चा पदार्थ १ हजार ३ सय ५० लिटर र रक्सी बनाउने ड्रम ६ वटा बरामद गरेको छ । बरामद गरिएको कच्चा पदार्थ रु एक लखा पचास हजार रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले बाराको बारागढी गाउँपालिकाको बिभिन्न वडामा अबैध रुपमा सञ्चालित सात वटा अबैध घरेलु मदिरा भटृी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय बारागढी बाट खटिृएको प्रहरी टोलीले वडा नम्बर २ मा तीन वटा,वडा नम्बर ३ मा एउटा र वडा नम्बर ६ मा ३ वटा अबैध घरेलु मदिरा भटृी नष्ट गरेको हो ।

उक्त मदिरा भटृी बाट कच्चा पदार्थ २ हजार ५०० लिटर,तयारी मदिरा १,५०० लिटर र रक्सी बनाउने ड्रम ७ वटा बरामद गरेको छ ।बरामद गरिएको कच्चा पदार्थ रु एक लाख पचास हजार र तयारी मदिरा रु एक लाख पचास हजार रुपैया बराबरको रहेको जि.प्र.का बाराले जानकारी दिएको छ ।

बरामद गरिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a review