झडपका सर्वदलीय बैठक,दुवै पक्षवीच पाँच बुँदे सहमति

साझेदारी दैनिक
419 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिवार भएको झडपका बारेमा आईतबार उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठक बसेको छ ।

बैठकमा राजनीतिक दल,स्थानीय प्रशासन,सुरक्षा निकाय,धार्मिक संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकले वीरगञ्ज लगायतको क्षेत्रमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न पाँच बुदे सहमाति भएको छ ।

बैठकले गरेको पाँच बुँदे सहमति अनुसारः पहिलोमा २०७८ साल चैत्र ३० गते हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राको क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई विस्तृत छानबिन र अनुसन्धान गरी कानूनी दायरामा ल्याई आवश्यक कारबाही गरिने उल्लेख छ ।

यसैगरी दोस्रो बदामा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्ष पूर्ण रूपमा प्रतिवद्ध रहनुका साथै कानूनी प्रक्रियामा सहयोग गर्ने।

निर्णय नं नम्बर तेस्रोमा झडपमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिने र घटनाबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासनले आवश्यक पहल गर्ने। लगायतको सहमति भएका छन ।

Leave a review