सिमरामा मंगलम डाईग्नोष्टिक सेन्टरको सेवा शुरु

रञ्जन यादव
661 पाठक संख्या

सिमरा : बाराको सिमरामा मंगलम डाईग्नोष्टिक सेन्टरको चौथो शाखाबाट सेवा शुरु भएको छ ।

तराई मोर्डन हस्पिटलको ब्यवस्थापनमा सिमरा स्थित हस्पिटल अगाडी सञ्चालनमा आएको डाईग्नोष्टिक सेण्टर आई.एस.ओ. मान्यता प्राप्त डाईग्नोष्टिक सेन्टर भएकाले सर्वसाधारणलाई गुणस्तरीय सेवा पुग्ने बिश्वास लिएको छ । यस भन्दा अगाडि मंगलम डाईग्नोष्टिक सेन्टरले बिरगंज,जनकपुर र परवानीपुरको वायोधामा सेवा दिँदै आएको जनाईएको छ ।

करिब २१ बर्षदेखि बीरगञ्जमा सञ्चालनमा रहेको मंगलम डाईग्नोष्टिक सेन्टरको सेवा सिमरामा शुरु गर्न पाउँदा आफुहरु उत्साहित रहेको बताए । उनले डाईग्नोष्टिक सेन्टरका सञ्चालक प्राध्यापक डाक्टर अमरनाथ ठाकुरले विपन्न नागरिकले पैसाको अभावमा उपचार नपाउने स्थितीको अन्त्य गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।

मंगलम डाईग्नोष्टिक सेन्टरका मे.सु. डा.रबिन्द्र सिँहको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथी रहनुभएको थियो । नगरप्रमुख पौडेलले गुणस्तर र ब्यवहारबाट निजी क्षेत्रका अस्पतालले प्रदान गर्ने सेवाबाट प्रतिस्पर्धा गर्ने अहिलेको आवश्यक्ता रहेको बताएका छन् ।

डा.रबिन्द्र कुमार सिँहले समाजमा पुरयाउँनुभएका योग्दानको प्रशंसा गर्दै उनले जीतपुरसिमरा उपमहानगरमा पहिलो अस्पताल स्थापना गर्ने ब्यक्तिको रुपमा चित्रण गरे ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी,सिमराका शैक्षिक अगुवा सुमनकुमार भट्टराई,समाजसेवी कृष्णब्रत सिंह,पुर्व प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्री,जीतपुरसिमरा नगर उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सञ्जय साह,महासचिव प्रकाश गिरी,नेपाली काँग्रेस जीतपुरसिमराका नगर सभापति छविलाल शर्मा लगायतको उपस्थिती रहेको थियो।

Leave a review