चार अपहरणकारी पर्सामा पक्राउ

साझेदारी दैनिक
656 पाठक संख्या

कलैया : पर्सा प्रहरीले अपहरण गरेको आरोपमा एक नाबालक सहित चार जनालाई पक्राउ गरेको छ।

बाराको कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने २६ वर्षीय सुधिरप्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्दै पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित घरबाट अपहरित सुधिरप्रसाद साहलाई सकुशल उद्दार गरेको हो।

अपहरण कार्यमा सलंग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता,सोही ठाउँका वर्ष २५ को राजन गुप्ता,सखुवाप्रसौनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एक नाबालकलाई पक्राउ गरेको हो।

उनीहरुलाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा दिन–५ (पाँच) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds