कलैया : प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीबाट चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५८ बर्षिय शशीकान्त कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा जिल्ला अदालतले चेक अनादर मुद्दामा उनलाई रु एक हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनी फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ बाट चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४५ बर्षिय मोतीलाल राउत रहेका छन्। बारा जिल्ला अदालतले चेक अनादर मुद्दाका उनलाई रु पांच सय रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनी फरार भएका थिए। जि.प्र.का बारा बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २८ बर्षिय हुचिङ्ग लामा भनिने शन्तोष तमाङ्ग रहेका छन्।बारा जिल्ला अदालतले उनलाई चोरी मुद्दामा दुई बर्ष नौ महिना कैद रु ४५ हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनी फरार भएका थिए।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। यस्तै प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ बेहरी बाट बहु विवाह मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय हरिशचन्द्र महतो रहेका छन्। बारा जिल्ला अदालतले उनलाई बहु विवाह मुद्दामा एक वर्ष कैद र रु दश हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनी फरार भएका थिए।
अस्थाई प्रहरी पोष्ट डुमरवानाबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।


