Sajhedari Daily
Latest News from Nepal

पर्सा धोबिनीका एक पुरुषको कोरोनाका कारण मृत्यु

राम मण्डल /
पर्सामा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा उपचारकै क्रमम ती पुरुषको सोमबार अपरान्ह साढे ४ बजे मृत्यु का अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन ।

उच्च ज्वरोसहित निमोनिया र श्वास प्रशवासमा समस्या देखिएपछि ती पुरुष उपचारको सोमवार नै नारायणी अस्पतालमा भर्ना भएका थिए । उनको मृत्यु पछि स्वाब संकलन गरि जिन एक्सपर्ट बिधीबाट परिक्षण गरिएकोमा उनमा कोरोनो पोजेटिभ पाइएको चौरसियाको बताए छ ।

यसैबीच पर्सामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पर्साबाट संकलित ५७ वटा स्वाबको परिक्षण गरिएकोमा थपि तीन जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण देखिने सबै वीरगञ्ज महानगरपालिकाकै रहेका छन । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३, १३ र २० का एक÷एक जनामा कोरोना देखिएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

Comments are closed.

error: Content is protected !!