आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनमै राज्यप्रति आफ्नो कर दायित्व निर्वाह गरेकी नागरिक मायादेवी न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय बाराले सम्मानित गरेको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सेवा लिंदै राज्यलाई कर तिर्ने न्यौपानेलाई बिहिवार सम्मान गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै सरकारी कार्यालयलाई पनि कर तिर्ने सेवाग्राहीहरूलाई सम्मान गर्न निर्देशन दिएका छन् जसले कर तिर्ने संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका पदाधिकारी,कर्मचारी तथा अन्य सेवाग्राहीहरू समेत उपस्थित थिए ।

