कलैया : अघोषित लोडसेडिङ तथा लाइन काटिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र दिइएको छ।
सचेत नागरिक समूहका चन्दन स्वर्णकारको नेतृत्वमा गएको टोलिले र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो।
कलैया, महागढीमाई लगायत आसपासका सचेत नागरिक, उपभोक्ता तथा सेवाग्राहीहरू, यो ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा लेखिएको छ। विगत केही समयदेखि निरन्तररूपमा भइरहेको विद्युत अवरोध (लोडसेडिङ) तथा विना सूचना पटक–पटक लाइन काटिने समस्यातर्फ ध्यानकृष्ट गराउन चाहन्छौं ज्ञापनपत्रमा भनिएको छ।
गर्मीको यति विकराल समयना दैनिक रूपमा पटक–पटक लाइन काटिनुले बालबालिका, चियार्थी, बिरामी, वृद्धवृद्धा तथा दैनिक श्रमिक सबैको जीवन अस्तव्यस्त भएको छ। स्वास्थ्य संस्था, खानेपानी मोटर पम्प, इन्टरनेट सेवा, साना उद्योग, गृह उपयोग सबै क्षेत्रमा गम्भीर असर परेको ज्ञापनपत्रमा लेखिएको छ।
सामान्य जनताले नियमित विद्युत महसुल बुझाइरहँदा, सेवामा यस्तो असमानता र लापरबाही हुनु अत्यन्त दुखद र आपत्तिजनक विषय भएको ज्ञापनपत्रमा लेखिएको छ। नियमित र विश्वसनीय विद्युत आपूर्ति सुनिश्चित गर्न ज्ञापनमा माग गरिएको छ।
कुनै कारणवश लाइन काट्नु परेमा पूर्वसूचना दिन माग गरिएको छ। लोड वितरणको सन्तुलन कायम गर्न भनिएको छ। प्राविधिक कमजोरी भए तत्काल समाधानका उपाय गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
नागरिक सहभागितामा समस्या बारे छलफल गर्न माग गरिएको छ।
जनताको पीडा बुझी यथाशिघ्र सकारात्मक पहल गर्नेछ। अन्यथा, बाध्य भएर अझ सशक्त जनदबाबको कार्यक्रम अगाडि बढाउन बाध्य हुने सो ज्ञापनपत्रमा भनिएको छ। ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख सरोज निरौला,भोला साह कानु,सन्जिव यादव,लालमुकेस ठाकुर,बिनय जैसवाल,उमेस महतो,कबिराज चौधरी,प्रमोद सराफ,ज्याउदिन अन्सारी,आबिद मन्सुर,राजिव यादव लगायतको उपस्थिति रहेको थियो।


