Sajhedari Daily
Latest News from Nepal

चौथो अधिवेशनबाट गठन भएका समिति नै कायम-तरुण दल बारा

नेपाल तरुण दलको चौथो अधिवेशनबाट गठन भएको समिति नै अहिले पनि कायम नै रहेको तरुण दल बाराले जनाएको छ ।
तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले शनिवार एक विज्ञप्ती जारी गर्दै नेपाल तरुण दलको नाममा केही व्यक्तिहरुले यूवा जमातलाई भ्रमित गर्ने काम भएकोले सवैलाई सचेत रहन जानकारी गराएका छन ।

आफ्नो निहित स्वार्थ पुरा गर्ने र संस्थालाई बदनाम गराउने उदेश्यले गठन गरिरहेको जानकारी समाजिक संजाल मार्फत जानकारी हुन आएकोले त्यस किसिमको क्रियाकलाप अवैधानिक र करवाही योग्य हुने नेपाल तरुण दल, बारा को ठहर छ, विज्ञप्तीमा उल्लेख छ ।

अवैधानिक गठनमा संलग्न नहुन सम्पूर्ण यूवा, तरुण साथीहरुलाई यसै विज्ञपती मार्फत अध्यक्ष सिंहले अनुरोध गरेका छन ।

Comments are closed.

error: Content is protected !!