Sajhedari Daily
Latest News from Nepal

योजनामा अनियमितता भएको भन्दै नेकापाद्धारा ज्ञापन

Top Aside Banner

देव घिमिरे /
गाउँपालिकाले संचालिन गरेको विभिन्न विकास निर्माणको योजनाहरुमा अनियमितता भईरहेको भन्दै ध्यानाकर्षण सहित नेपाल कम्युनिष्ट पार्टी गाउँ कमिटीले बाराको देवताल गाउँपालिकामा ज्ञापनपत्र दिएको छ ।

गाउँपालिकाबाट भईरहेका विभिन्न विकास निर्माणका योजना तथा अन्य योजनाहरु संचालन गर्दा पार्टीगत दृष्टिकोणले गोप्य रुपमा काम भइरहेको प्रति नेकपाले ध्यानाकर्षण सहित ज्ञापन बुझाएको हो । पार्टीले गाउँपालिकाले विगतका आर्थिक बर्षहरुमा संचालन गरेको योजनाहरुको कुन कुन योजनामा कति कति पेश्की कस कसलाई दिएको छ पेश्की भएका उपभोक्ता, व्यक्ति र संघसंस्थाहरुको नाम सहितको विवरण माग समेत गरेको छ ।

पार्टीले गाउँपालिकासंग विश्व महामारी कोरोना कोषबाट गरेको खर्चको विवरण, गाउँपालिकामा सामाग्री खरिद सम्बन्धी विवरण,चालु आ.ब.मा गाउँपालिका स्तरका संचालन हुने योजनाहरुको कुन कुन योजनाहरु सम्झौता गरेको विवरण, दैनिक ज्यालादारी र करार सेवामा काम गरेका कर्मचारीको विवरणहरु समेत माग गरेको छ ।

पार्टीका विभिन्न सदस्यहरुद्धारा हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रको बोर्धाथ जिल्ला प्रशासन कार्यालय बारा र राष्ट्रिय सूचना आयोगमा सेमत बठाईएको छ ।