कोल्हवी नगरपालिकामा शिक्षकहरुले बुझाए ज्ञापनपत्र

साझेदारी दैनिक
265 पाठक संख्या

कोल्हवी : नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन तदर्थ समिति कोल्हवीले शुक्रबार कोल्हवी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन ।

आन्दोलन परिचालन तदर्थ समिति कोल्हवीका अध्यक्ष हितेन्द्र चौधरीको अगुवाईमा गएको शिक्षकहरुको टोलीले उक्त ज्ञापनपत्र बुझाएका हुन।

शिक्षकहरुको टोलीले कोल्हवी नगरपालिकाका लेखा प्रमुख सुरेन्द्र चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको जनाईएको छ । ध्यानाकर्षण पत्र बुझ्नुहुदै लेखा प्रमुख चौधरीले शिक्षकहरुले बुझाएको ज्ञापन पत्रलाई सम्बन्धित निकाएसम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

महासंघको केन्द्रीय सर्कुलर अनुसार शिक्षकहरुसंग गरेको सम्झौता अनुसार शिक्षा विधेयक लागु नभएकोले नगरपालिका अगाडी धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएको आन्दोलन परिचालन तदर्थ समिति कोल्हवीका अध्यक्ष हितेन्द्र चौधरीले बताएका छन ।

सो अवसरमा शिक्षक, शिक्षिकाहरू रामप्रसाद चौधरी ,रघुनाथ चौधरी ,बिरेन्द्र चौधरी ,उमेश चौधरी ,जीवन पोख्रेल ,कृष्ण प्रसाद शर्मा ,त्यसतै शिक्षिकाहरु कल्याणी कुमारी चौधरी ,कालिका दवाडी भण्डारी ,इन्दिरा देवकोटा ,जगावती चौधरी लगायको उपस्थिति रहेको थियो ।

महासंघले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा विगतका आफुहरुसंग गरिएको सहमती कार्यान्वयन नभएको देशभरका पालिकाहरुमा ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

Leave a review

This will close in 0 seconds