कलैया : नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दे शिक्षक महासंघमा आबद्ध शिक्षक संघ संगठनहरुले आईतबार शिक्षा बिकाश तथा समन्वय ईकाई बारामा धर्ना दिएका छन ।
महासंघको केन्द्रीय कार्यक्रम अनुसार शैक्षिक संघ संगठनहरुले कार्यालयको मुल गेटमा दिउँसो एक बजे देखि तीन बजे सम्म धर्नामा बसेका हुन । नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अगुवाईमा उक्त धर्ना दिईएको हो । शिक्षकहरुले सरकारले ल्याएको शिक्षा बिधेयकलाई संशोधन गरी पारित गर्नु पर्ने माग गरेका छन ।
धर्नामा दुई सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको संघ बाराका अध्यक्ष सहनीले जानकारी दिए ।
सरकार र शिक्षक महासंघ बीच भएको सहमति कार्यान्वयन गर्न माग गदै महासंघको अगुवाईमा देश भरीका शिक्षक संघ संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन ।

