वीरगञ्जमा प्रदर्शनकारीलाई लिन आयो सरकारी गाडी,सत्ताको दुरुपयोग भइरहेको आशंका

साझेदारी दैनिक
402 पाठक संख्या

कलैया । खानेपानी मन्त्री प्रदीप यादव तथा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लागेकी किरण साहलाई कारबाहीको माग राख्दै वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) निकट महिला नेताहरूले प्रदर्शन गरेका छन्।

’खानेपानीमा राजनीति गर्न पाइँदैन,’ ’मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर’ जस्ता नारा लगाउदै जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा उनीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनकारी महिला मध्ये केही ई–रिक्सा चढेर फर्किएका थिए भने केहीलाई लिन सरकारी गाडी आएको थियो।

मुख्य सडकको पूर्वतर्फ रोकिएका बा १ झ ९०२, बा २ झ २०४१ र बा २ झ २७ ७० नम्बरको तीन वटा सरकारी गाडीले प्रदर्शनकारीलाई लिएर दक्षिण घण्टाघरतर्फ लगेको थियो।

बाराको कलैया घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी किरण साहलाई कारबाही गर्नुपर्ने माग उनीहरुको हो।साह र मन्त्री यादवबीच वीरगञ्जमा फैलिएको हैजा र झाडा पखालाको विषयमा फोनमार्फत् भोजपुरी भाषामा भनाभन भएको थियो।

मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा पर्सा प्रहरीले साहलाई शनिबार पक्राउ गरेको छ। पहिलोपटक पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति पाएको प्रहरीले थप ती दिनको म्याद अनुमति पाएको छ।

घटनाबारे अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review