कोल्हवीमा जारी फुटबल प्रतियोगिताको उपाधी बारा ११ लाई

साझेदारी दैनिक
880 पाठक संख्या

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ९ श्रीपुरमा जारी फुटबल प्रतियोगिताको उपाधी बारा ११ ले हात पारेको छ ।
स्थानीय मितेरी युवा क्लबले वडा नम्बर ९ वडा कार्यालयको सहयोगमा संचालित नकाउट फुटबल टुर्नामेनट प्रतियोगिताको विहिवार सम्पन्न फाईनल खेलमा युनिटी बिरगंजलाई हराउदै बारा ११ विजयी भएको हो । बारा ११ ले १ को विरुद्ध २ गोलको अन्तरले जीत हात पारेको छ ।

प्रतियोगितामा बारा ११ टिमका जर्सी नम्बर ७ सागर चौधरीले पहिलो हापको ९ औं मिनेट जादा १ गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ४४ औं मिनेट जादा बारा ११ कै जर्सी नम्बर १० का बिबेक चौधरीले दोस्रो गोल गर्दै पहिलो हाप सकिएको थियो।

खेलको दोस्रो हापको २१ मिनेट जादा बारा ११ को डि बक्समा फल हुँदा बिरगंजले पेनाल्टी शुट हान्ने मौका पाएपछि १ गोल गरि खेललाई १ को विरुद्ध २ मा पुर्याएको थियोे । दर्शकहरुको अधिकांश सपोर्ट र अथक प्रयासको बावजुद पनि गोल फर्काउन नसेपछी बारा ११ ले १÷२ गोलले बिजय भएको छ ।

समापन दिनको फाइनल खेलमा बेस्ट गोलर बारा ११ क ा बिबेक चौधरी र बेस्ट गोल किपर बारा ११ कै दिलमनी चौधरी घोषित भएका छन ।

हिन्दुहरुको महान चांड शुभ बिजया दशमी,दिपावली एवम् छठ पर्वको पावन अवसर पारेर गरिएको नकाउट फुटबल टुर्नामेन्ट् प्रतियोगितामा प्रथम हुने बारा ११ ले नगद रु ५० हजार पाच सय ५५ रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने वीरगंजले नगद रु को २५ हजार पाँच सय ५५ रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र पाएको छ।

आयोजित समापन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष योगेश चौधरीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरुले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन रेडियो पातालगंगा १०६.१ मेघा हर्ज कोल्हवीका प्रबन्ध निर्देशक धिरेन्द्र पनुहरले गरेका थिए ।

Leave a review

This will close in 0 seconds