Sajhedari Daily
Latest News from Nepal

हेटौडा टिम दोस्रो भेट्रान कपको फाईनलमा प्रवेश

बाराको सिमरामा जारी दोस्रो भेट्रान कप प्रतियोगितामा हेटौडा फुटसल भेट्रान फाईनलमा प्रवेश गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित खेल मैदानमा विहिवार भएको अन्तिम सेमिफाईनल खेलमा डुमरवाना भेट्रानलाई पराजित गर्दै हेटौडा फुटसल भेट्रान फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ४० मिनेटको खेलमा डुमरवाना भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडा फुटसल भेट्रान विजयी भएको आयोजक क्लबले जनाएको छ । हेटौडाका लागी धर्मेन्द्र राज शाहीले १ र सुरज गुरुङले एक एक गोल गरेका थिए । यता, डुमरवाना भेट्रानका लागी भरत शिलवालले १ गोल गरेका थिए ।

प्रतियोगिता अन्र्तगत हेटौडाका धर्मेन्द्र राज शाही म्यान अफ द म्याच घोषित भएका छन । शाहीलाई नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य राजन पौडेलले म्यान अफ द म्याचको उपहार हस्तान्ततरण गरेका थिए ।

प्रतियोगिताको उपाधीका लागी हेटौडाले विरगञ्ज युथ एकेडेमीसंग शनिवार प्रतिस्पर्दा गर्ने छ । फाईनल खेल शनिवार मध्यान १२ बजे हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिएका छन ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद रु ३० हजार रुपैया र उपबिजेताले नगद रु २० हजार रुपैया पाउने संयोजक बोम्जनले जनाएका छन ।