मधेस ढुवानी सेवा केन्द्रको अध्यक्षमा अधिकारी

साझेदारी दैनिक
136 पाठक संख्या

कलैया । बाराको सिमरामा शनिबार सम्पन्न मधेस ढुवानी सेवा केन्द्रको प्रथम अधिबेशनबाट अध्यक्षमा हरिशरण अधिकारी निर्वाचित भएका छन ।

मधेश क्षेत्रको ढुवानी ब्यबसायीहरुको संगठन रहेको केन्द्रको १६ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण ढुङेल, उपाध्यक्षमा नवराज अधिकारी, कुमार पोखरेल र जयराम साह निर्वाचित भएका छन्।

यसैगरी केन्द्रको महासचिवमा बिजय कार्की, कोषाध्यक्षमा श्रीराम न्यौपाने र सचिवमा सन्तोष कार्की निर्वाचित भएका हुन्।

सदस्यहरुमा भिम श्रेष्ठ, अमन लामा, तुलबहादुर पुलामी, गम्भीर मिश्र, सुरेशकुमार साह, सरोज प्रधान, राजकुमार थापा र काशी महतो निर्वाचित भएका छन ।

केन्द्रको सल्लाहकारमा राजेशभक्त पौडेल, राजेश थापा र प्रमोद श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत वसन्त खतिवडाले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review