अन्धाधुन्ध गोली चलाएको घटनाको छानवीन गर्न साँसद किसान श्रेष्ठको माग

साझेदारी दैनिक
265 पाठक संख्या

कलैया : भदौ २३ र २४ गते जेनजी पुस्ताहरुको आन्दोलनमा अन्धाधुन्द गोली चलाएको घटनाको छानवीन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर (किसान) श्रेष्ठले माग गरेका छन्। साँसद श्रेष्ठले बिहीबार जेनजी यूवाहरुमा एक अपिल जारी गर्दै यस्तो माग गरेका हुन्।

२०८२ भाद्र २३ गते नेपालको संघीय राजधानी काठमाडौंमा भ्रष्टाचारको विरुद्धमा तपाँईहरुले निकालेको शान्तिपूर्ण प्रदर्शनका क्रममा नेपाल सरकारबाट जुन प्रकारको दमन भयो र त्यसले निम्त्याएको पछिल्लो परिस्थितिले हामी सबैलाई एउटा नयाँ शिक्षा दिएको महशुस मैले गरेको छु उनले भनेका छन्।

सर्वप्रथमम भाद्र २३ र २४ गतेको घटनामा सहादत प्राप्त गर्ने सबैको अमर आत्माको चीर शान्तिको कामना गर्दछु। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको उनले कामना गरेका छन्। कलिला युवाको शान्तिपूर्ण प्रदर्शन दबाउन अन्धाधुन्ध गोली चलाईएको घटनाको छानबीन गरि कारवाही गर्न माग गर्दछु, उनले भनेका छन्।

म भाद्र २२ गते देखी पारिवारिक काम (बुवाको श्राद्ध) गर्न परिवार सहित बनारसको काशीमा छु। २३ गतेको घटनापछि भाद्र २४ गते देशभरी भएको प्रदर्शनका क्रममा मेरो बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको नीजिनिवास र नीजि सवारी साधनहरुमा तोडफोड र आगजनी गरिएको छ उनले लेखेकाछन्। जेनजि युवाभाई बहिनीहरुबाट मेरो र अन्यव्यक्तिको समेत नीजि सम्पतीमा क्षति पु¥याउने मनसाय राखिएको थिएन भन्ने कुरामा म स्पष्ट छु उनले लेखेका छन्।

किसान श्रेष्ठलाई विगत देखिनै तर्साउन खोज्ने, विभिन्न बहानामा हतोत्साहित बनाउन खोज्ने सकेसम्म बाराबाट पलायनै गराउन खोज्ने स्वार्थ समूहले मेरो नीजिघर, सवारी र सम्पतीमा तोडफोड तथाआगजनी गरेको विषय मलाई राम्रोसंग थाहाछ उनले लेखेका छन्। जेएनजी युवाभाई बहिनीहरुका नाममा जो–जसबाट मेरो लगायत अन्य mव्यक्तिको समेत नीजि सम्पतीमा क्षति पु¥याउने कार्य भएको छ। उनीहरु कानुनी कारवाहीको भागीदार हुने नै छन्।

मलाई बारा जिल्ला क्षेत्र नम्बर ४ मा२०७९ को आम निर्वाचनमा बाराबासीले देखाउनुभएको अगाध स्नेहका अगाडी अस्ति जलाईएको मेरो नीजि सम्पतिको क्षतिले म अलिकति पनि विचलित भएको छैन उनले भनेका छन्। तपाँइहरुको साथ मेरो सबैभन्दा महत्वपूर्ण सम्पतीहो। जेनजी युवाभाई बहिनीहरुका नाममा जसले कुकर्म गरेका छन् उनीहरुलाई बाराबासी आमाबुवा दाजुभाई दिदिबहिनीहरुले पक्कै समयमा जवाफ दिनु हुनेछ उनले लेखेका छन्।

हिजो पनि आज पनि र भोली पनि म सँधै यहाँहरु संगै छु। यहाँहरुको सुखदुखमा सदैब साथ रहनेछु। पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई जता लैजान खोजेपनि मेरो र तपाँई बारा जिल्लाबासी आमा बुवा दाजुभाई दिदिबहिनीहरुको एउटै यात्रा र साझा मुद्दा बारा जिल्लाको समृद्धिका लागिहुनेछ उनले प्रष्ट पारेका छन्।

बन्यजन्तुको आतंकबाट बच्न, भूमिहीनबस्तीलाई भू–स्वामित्व दिलाउन, सुख्खा खेतमा सिंचाई र मल पु¥याउन म निरन्तर आफ्नो प्रयास जारी राख्नेछु उनले प्रतिबद्धता व्यक्त गरेकाछन्।यहाँको आर्थिक, सामाजिक, औद्योगिक, शैक्षिक विकासकालागि हाम्रो सामूहिक प्रयासबाट हाम्रो समृद्धि सम्भव छ भन्ने मैले स्पष्ट बुझेको छु।जेनजी पुस्ताको चाहना अनुसारको सरकार बन्ने क्रममा छ। यस महत्वपूर्ण क्षणमा प्राप्त उपलब्धिकालागि यूवा पुस्तालाई बधाई दिंदै सामुहिक विकासमा हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु उनले लेखेका छन्।

अन्त्यमा फेरि पनि एकपटक ‘नाङलो ठटाएर हात्ती तर्साउने’प्रयास गरेका स्वार्थ समूहलाई म स्पष्टसंग भन्न चाहन्छु –किसानश्रेष्ठको एक मुठ्ठी श्वास नै सबैभन्दा ठुलो सम्पती हो।अन्तिम श्वास रहुञ्जेल किसानश्रेष्ठ कुनैपनि भौतिक क्षतिबाट विचलित हुने छैन।

अन्तिम श्वास रहुञ्जेल किसान श्रेष्ठबाट बारा क्षेत्र नम्बर ४ का जनतार सम्पूर्ण बाराबासीको अहित हुने कार्य हुने छैन उनले लेखेका छन्। म मेरो पारिवारिक यात्रा छोट्याएर बारा फर्कने क्रममा छु । यहाँहरुसंग छिट्टै भेट हुनेछ उनले भनेका हुन्।

Leave a review

This will close in 0 seconds