संविधान दिवसमा कलैयाका युवाद्वारा रामजानकी मन्दिर पोखरीमा बृहत सरसफाइ

साझेदारी दैनिक
269 पाठक संख्या

कलैया :  १० औं संविधान दिवसको अवसरमा बाराको कलैयास्थित ऐतिहासिक रामजानकी मन्दिरको पोखरीमा कलैयाका युवाहरूले शुक्रबार बृहत सरसफाइ  गरेका छन्।

युवाहरूले आफ्नो जागरुकता र समाजप्रतिको लगावलाई मूर्त रूप दिँदै आगामी दिनमा विभिन्न सामाजिक तथा पूर्वाधारसम्बन्धी कार्यमा निरन्तर अगाडि बढ्ने बताएका छन्।

सरसफाइसँगै स्वच्छ तथा सफा कलैया, शिक्षित र स्वस्थ समाज निर्माण र हाल निर्माणाधीन साढे ३ किलोमिटर लामो मानवत–मटिअर्वा सडक निर्माणमा पहल गर्ने लक्ष्य राखिएको छ। “आफ्नो ठाउँ आफैं बनाऔं” भन्ने मुल नारासहित युवाहरू समाज विकासका अभियानतर्फ अघि बढेका हुन्।

 

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का सरसफाइकर्मीहरुको सहयोग रहेको थियो । उक्त कार्यक्रममा सौरभ चौगाईं, सौरभ पाण्डे, दिपेन्द्र साह, रामानन्द यादव, सुमित पटेल, सुरज साह, राजाबाबु गुप्ता, रोशन जैसवाल, सचिन मोदक, राहुल साह, राहुल कुमार पासवान, दिपेश गुप्ता र समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review