सूर्या नेपालले वीरगन्ज महानगरलाई दियो कम्प्युटर,ल्यापटप सहितका उपकरण

साझेदारी दैनिक
268 पाठक संख्या

वीरगञ्ज : सूर्या नेपाल प्रालिले वीरगंज महानगरपालिका कार्यालय पुनःसञ्चालनका लागि कम्प्युटर, ल्यापटप, प्रिन्टरसहितका विद्युतीय उपकरण सहयोग हस्तान्तरण गरेको छ।

नयाँ पुस्ता जेनजी समुगह भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समुहबाट तोडफोट,फटामहानगपारलिकाकाभएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगन्ज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। उक्तघटनापछि महानगरपालिका कार्यालयको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो।

त्यसैलाई ध्यानमा राख्दै सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर वीरगन्ज महानगरपालिकालाई प्रदान गरेको हो।शनिबार महानगरपालिकाको कार्यालयमै पुगेर सूर्या नेपाल प्रालिका प्रभाकर विक्रम शाहले ती उपकरणहरु मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरेका हुन्।

त्यसअवसरमा महानगरका मेयर सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्या नेपालले पु¥याएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।उनले भने,“महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पु-याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दछु। भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने मेरो अपेक्षा छ।”

त्यसअवसरमा सूर्या नेपाल प्रालिका प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने बताए। उनले भने, “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्नेछ।”

सूर्या नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज महानगरलाई सहयोग गर्न दिउको सेवा संचालन भएको हो । वीरगञ्ज उपकरण हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेकोृपनि उपस्थिति थियो।

Leave a review