Sajhedari Daily
Latest News from Nepal

बारामा बन्ने सरुवारोग अस्पतालको मुख्यमन्त्री राउतद्धारा शिलान्यास

प्रदेश स्तरीय सरुवा अस्पताल बारामा बन्ने भएको छ । प्रदेश नम्बर दुई कै प्रदेश स्तरीय सरुवारोग अस्पतालको सोमवार मुख्यमन्त्री लालबावु राउतले शिलान्यास गरेका छन ।

कलैया नगरपालिकाको वडा नम्बर १६ स्थित उत्तर झिटकैयामा निर्माण गर्न लागिएको सरुवारोग अस्पताल करिव ७ विगाह क्षेत्रफलमा बन्न लागेको हो । करिब ५० शैयाको निर्माण हुँने उक्त अस्पतालको लागत करिव ३२ करोड रुपैया रहेको छ ।

शिलान्यास कार्यक्रममा केन्द्रिय सांसद रामबावु प्रसाद यादव, प्रदेश सांसदहरु ज्वालाकुमारी साह, पारस प्रसाद साह, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव लगायतको उपस्थिति रहको थियो ।

संघ र प्रदेश सरकारको लागत साझेदारी निर्माण भएको उक्त अस्पतालको वन्न लागेको हो। यसैगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुु¥याउने संघीय सरकारको कार्यक्रम अन्तर्गत सोमवार बाराको ६ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ ।

सोमवार देशभर तीन सय ९६ वटा स्थानीय तहमा एकै साथ आधारभूत अस्पतालको शिलान्यास गर्न मन्त्रालयले सम्वन्धित स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ । बाराका ६ वटा स्थानीय तहमा एकै साथ आधारभूत अस्पतालको शिल्यान्यास गरिएको छ ।

Comments are closed.

error: Content is protected !!