Sajhedari Daily
Latest News from Nepal

सितोरिय कराते खेलाडी क्षेत्री सम्मानित

बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना गरि सितोरिय करातेका राष्ट्रिय स्तरका ख्याति प्राप्त खेलाडी रबि क्षेत्रीलाई सम्मानित गरिएको हो ।

खेलको माध्यमबाट गाउ टोललाई चिनाएकोमा गाँउका अगुवाहरुले खेलाडी क्षेत्रीलाई नगद तथा दोसल्ला ओढाई सम्मानित गरेका हुन । खेलाडीेको मनोवल बढाउन सम्मानित कार्यक्रमको आयोजना गरिएको सम्मानित कार्यक्रमका संयोजक हरिनरायण कुशवाहाले जानकारी गराएका छन ।

स्वास्थ्यको लागि खेल र खेल देशको लागि भएको हुनाले आफु सानै उमेर देखि खेलमा रुचि राखेको हुनाले आज यो मुकाम हासिल गर्न सफल भएको क्षेत्री बताएका छन । उने देश विदेशमा भारत, क्यानेडा, मलेसिया गरि दर्जनौ भन्दा बढि प्रतियोगितामा भाग लिई गोल्ड मेडल समेत हात पारेका छन ।

गोल्ड मेडल प्राप्त गर्ने खेलाडीमा बाराबाट आफु पहिलो खेलाडि समेत रहेको उनले बताए । नेपाल सरकारले समेत नगद तथा प्रशंसा पत्रबाट सम्मान गरेका क्षेत्री बताउछन । आफु राष्ट्रिय स्तरको रेफ्रि समेत रहेको उनले बताए ।

आफु हुर्केको जिल्लाबाट सितोरिय कराते लोप हुदै गएको भान भएकोले अव जिल्लामा रहेको खेलाडिको बनोबल बढाई करातेलाई विश्वसामु चिनाउने आफनो लक्ष्य रहेको उनले बताए । आफनो खेलको उच्च मुल्याकंन गरि सम्मान गर्ने अग्रजहरुलाई धन्यवाद दिएका छन् ।

सम्मानित कार्यक्रममा विधालयका प्रधानाध्यापक पुरन चौधरी, मकसुद अंसारी खेलकुद विकास समितीका सदस्य, अरुण चौधरी बास्केटबलका रेफ्रि लगायतको सहभागिता रहेको थियो ।