Sajhedari Daily
Latest News from Nepal

प्रहरीद्धारा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित गुरुङ टोलबाट अवैध घरेलु मदिरा वरामद गरेको छ ।
प्रहरीले उक्त टोलका घरेलु मदिरा उत्पादन गर्ने १४ वटा अवैध भट्टीबाट तयारी मदिरा करिब एक हजार लिटर, कच्चा पदार्थ एक हजार १५ सय लिटर नष्ट गरेको छ ।

लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सिमरा बारा र इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मदिरा वरामद गरि नष्ट गरेको हो ।

प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गरिएको भाडा लगायतका सामाग्रीहरू समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी गराएका छन ।