Sajhedari Daily
Latest News from Nepal

दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल लगायत बिभिन्न गतिविधीवारे,डिभिजन बन कार्यालयद्धारा सरोकारवालाहरुलाई जानकारी

रञ्जन यादब/
डिभिजन बन कार्यालय बाराले आईतवार दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल लगायत बन कार्यालयबाट सञ्चालित बिभिन्न गतिविधीवारे सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

डिभिजन बन कार्यालय बाराले सिमरा स्थित आफनो सभाहलमा आयोजना गरेको कार्यक्रममा डिभिजन बन प्रमुुख मञ्जुुर अहमदले दोस्रो अन्तराष्ट्रिय बिमान स्थल लगायत बन कार्यालयबाट सञ्चालित गतिविधीका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराएका हुन ।

डिभिजन बन कार्यालय बाराले १९ सय हेक्टरलाई १२ वटा कार्यक्षेत्रमा बिभाजन गरी बन क्षेत्रमा भएको रुख र पोल गणना सुुरु गरेको प्रमुख अहमदले बताए । उनले पहिलो चरणमा १९ सय हेक्टर बनक्षेत्र आवश्यक देखिन्छ । जसमा डिभिजन बन कार्यालय बाराले २ सय हेक्टरमा ५७ हजार ३ सय ५० वटा पोल र रुख काट्नुुपर्ने प्रतिबेदन प्रस्तुुत गरेको जनाए ।

बनमा ६० प्रतिशत पोल र ४० प्रतिशत रुखको सङख्या रहेकोले काट्नुुपर्ने रुख र पोलको सङख्या र चुुनौतीको बिषयमा छलफल भएको थियो । संघ र प्रदेश सरकारबिच उचित समन्वय हुुन नसक्नुु ,राजनैतिक बिचारधारा, निर्णय र सञ्चारमा ढिलासुुस्ती लगायतको कारणले डिभिजन बन कार्यालयले सोचे अनुुसार काम गर्न नसकिरहेको डिभिजन बन प्रमुुख अहमदले दुुखेसो गर्नुुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुुख नवल किशोर सिंह ,बाराका प्रमुुख जिल्ला अधिकारी दिपक नेपाल, बारा प्रहरी प्रमुुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पङ्गेनी, दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालय सिमराका निमित्त प्रमुुख बिजय यादब लगायतको सहभागिता रहेको थियो ।