२५ औँ सशस्त्र प्रहरी दिवसमा कोल्हबीमा वृक्षारोपण

साझेदारी दैनिक
286 पाठक संख्या

कोल्हबी : धीरेन्द्र पनुहर/ २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हबीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कोल्हबी नगरपालिका–१, मठवा करबोलास्थित सशस्त्र प्रहरीको नव–निर्मित भवनको प्राङ्गणमा एक कार्यक्रमबीच वृक्षारोपण गरिएको हो।

कार्यक्रमका क्रममा अम्बा, मलेसियन साल, सपेता, सिसौलगायत विभिन्न प्रजातिका ८६ वटा बिरुवा रोपिएको थियो। नगर प्रमुख रामप्रसाद चौधरीले स्वयं बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए। सशस्त्र प्रहरी दिवसको अवसरमा गरिएको यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्नुका साथै हरियाली प्रवद्र्धनमा योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरी, वडा नम्बर ४ का अध्यक्ष विष्णु प्रसाद मैनाली, वडा नम्बर ७ का अध्यक्ष सलाउदिन अन्सारी, वडा नम्बर ९ का अध्यक्ष दलबहादुर चौधरी, पूर्व नगर प्रमुख भरत बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी तामागढी साझेदारी वन उपभोक्ता समूह कोल्हबीका अध्यक्ष रविन्द्र पनुहर, कोल्हबी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरी, जनशक्ति क्लब कोल्हबीका अध्यक्ष खुशी चौधरी, युवा समाजसेवी अमृत जि.आर., पारसनाथ चौधरी, दीपलाल चौधरी, इलाका प्रहरी कार्यालय कोल्हबीका वरिष्ठ सई प्रवीण मिश्र, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हबीका प्रमुख सन्तोष राज घिमिरे तथा कोल्हबी ब्याडमिन्टन टिमका खेलाडीहरू संजय चौधरी, मोहम्मद हुसेन आलम र सरोज जैसवालसहित विभिन्न गाउँका समाजसेवीहरूको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds