Sajhedari Daily
Latest News from Nepal

हातीपाईले रोग नियन्त्रणमा बारा असफल

हातीपाईले रोग नियन्त्रणमा बारा असफल भएको छ । बाराको कलैयामा आईतवार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हेटौंडाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा हातीपाईले रोग नियन्त्रणमा बारा असफल भएको जानकारी गराइएको छ ।

केन्द्रका ल्याब टेक्निसियन सरोज अधिकारीले बारा जिल्ला हातीपाईले रोग नियन्त्रणमा असफल भईसकेकोले एक बर्ष अझै स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर औषधि खुवाउने कार्यक्रम संचालन गरिने जानकारी गराएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय अन्तरगतको हातीपाईले रोग नियन्त्रण फाँटले प्रभाकारी ढंगले काम नगर्दा बारा असफल भएको कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय अन्तरगतको हातीपाईले रोग फाँटका फोकल पर्सन शंकर गुप्ताले प्रभावकारी ढंगले कार्यक्रम संचालन गर्नुको सट्टा कागजमा नै कार्यक्रम संचालन गरेर बजेट सकाउने गरेका कारण हातीपाईले रोग नियन्त्रणमा बारा असफल भएको एकजना सहभागीले बताए । तर गुप्ताले भने स्वास्थ्यकर्मीको कमजोरीका कारण जिल्ला असफल भएको दाबी गर्नु गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नवल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, विभिन्न पालिकाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो ।