Sajhedari Daily
Latest News from Nepal

केपी ओली कम्युनिष्ट आन्दोलन बिरोधी देखिए-संविधान सभा सदस्य यादव

राम मण्डल/
संबिधान सभा सदस्य बिचारी यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र,संघीयता बिरोधी रहदै आएको र अहिले कम्युनिष्ट आन्दोलन बिरोधी पनि देखिएको बताएका छन ।

पर्साको वीरगञ्जमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले केपी ओलीलाई कुनै ठाउँ नदिनु नत्र यसले दुर्घटना गराई दिन्छ भनेर मदन भण्डारीले नै भनेको जानकारी दिदै सो कुरा आज आएर सावित भएको यादवले बताए ।

नेपाल कम्युनिष्ट पार्टी फुटनुको कारणले अहिले असली कम्युनिष्टको आखाँबाट आशु झरिरहेको यादवको भनाई थियो । सबै शुद्ध कम्युनिष्टहरु प्रचण्ड–नेपाल पक्षमा रहेको यादवले दाबी गर्दै केन्द्रिय सदस्य भएका टाई बेल्ड र चिल्ला गाडीमा घुम्नेहरु असली कम्युनिष्ट नभएको उनको आरोप छ ।

यादवले आफुहरुले १० बर्ष काम गरेपछि मात्रै कम्युनिष्ट पार्टीको सदस्यता पाएको तर,अहिले ओली पक्षले मानिसहरुलाई समाती समाती जबरजस्ती केन्द्रिय सदस्य बनाई रहेको आरोप पनि लगाएका छन।

उनले ओलीका ईश्वर पोखरेलले आफुलाई फोन गरेर भेटन बोलाएको भएपनि उनलाई आफुले पार्टी बर्बाद गरेपछि मात्रै सम्झिएको भनि जवाफ दिएको बताए । हातमा बन्दुक उठाउन तयार रहेको तर, कसैले देखाएको ललिपपको पछि नलाग्ने यादवको कथन थियो ।

प्रचण्ड–नेपाल समुहको भेलालाई सम्बोधन गर्दै प्रदेश सदस्य छोटेलाल यादवले अहिले केपी ओली समुहले पर्साका लम्पट पुँजीबादीहरुलाई समातेर केन्द्रिय सदस्य बनाएको आरोप लगाए । उनले सँसद बिघटनले राजबादीहरुलाई फाईदा पुगेकोले कम्युनिष्ट आन्दोलनलाई सँरक्षण गर्न आवश्यक रहेको बताए ।

अगुवा कार्यकर्ता भेलामा आफनो भनाई राख्दै बिघटित सँसदका साँसद शेखचाँद ताराले सँसद बिघटनले जनताको मतको दुरुपयोग भएको बताईन । उनले पैसाको लागि पार्टीलाई नै यस्तो अवस्थाम पु¥याइएको भन्दै आक्रोश ब्यक्त गरिन ।