Sajhedari Daily
Latest News from Nepal

५० लाखको लागतमा अमलेखगंजको हात्तीसार जाने सडक निर्माणको काम सुरु

Top Aside Banner

रञ्जन यादब /
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ५० लाखको लागतमा हात्ती सार जाने बाटो ढलान कार्य सुरु भएको छ ।

पर्यटन क्षेत्रको रुपमा बिकसित हुनलागेको हात्ती सार जाने सडकको ढलान कार्यको आज एक कार्यक्रमका बीच शुभारम्भ गरीएको छ । प्रदेश सभा सदस्य सिता गुरुङको निर्वाचन बिकास कार्यक्रम अन्तर्गतको ५० लाख बिनियोजित बजेटबाट उक्त सडक निर्माण हुन लागिएको हो ।

प्रदेशसभाका सदस्य सुन्दर विक र सिता गुरुङगले बारामा पर्यटनको बिकासकोलागि आफुहरु लागि परेको बताउँनुभयो । पर्यटन विकासको लागि आफुहरु सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष बिस्शु मान्नधरको सभापतित्वमा र बिकास साहको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

सड्क ढलान कार्यक्रममा नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,नेकाका नेताहरु राजन पौडेल, मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्ण शाही ठकुरी,होटल तथा पर्यटन ब्यवसायी संघ प्रदेश नम्बर २ का सचिव मोहन शर्मा,नेकपाका स्थानीय नेताहरु गोपाल घलान,सुवास श्रेष्ठ,नेपाली कांग्रेसका राजकुमार मान्नधरलगायतको उपस्थिति रहेको थियो ।