एक करोड लगानीमा सिमरामा ‘सिमरा गोल्ड जिम क्लब’ संचालन

साझेदारी डेलि
386 पाठक संख्या

जीतपुर । बाराको सिमरामा करिब एक करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सिमरा गोल्ड जिम क्लब औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आधुनिक संरचना र अत्याधुनिक उपकरणसहित तयार पारिएको जिमको उद्घाटन नेपालका चर्चित गोल्ड मेडलिस्ट जिमर संजिब श्रेष्ठले विशेष समारोहका बीच गरेका हुन्।

स्वास्थ्यप्रेमी युवायुवती तथा सर्वसाधारणलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको जिममा कार्डियो, वेट ट्रेनिङ, फिटनेस ट्रेनिङ तथा बडी बिल्डिङका लागि आवश्यक नवीन प्रविधियुक्त मेसिनहरू जडान गरिएको सञ्चालक पक्षले जनाएको छ।

जिम सञ्चालनमा आएसँगै सिमरा क्षेत्रका युवाहरूले अब गुणस्तरीय फिटनेस सेवा आफ्नै क्षेत्रमा पाउने विश्वास व्यक्त गरिएको छ। यसले स्वस्थ जीवनशैली प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

जिमका सञ्चालक कर्ण अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, खेलकुदप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन रुवन थापाले गर्नुभएको थियो।

Leave a review

This will close in 0 seconds