Sajhedari Daily
Latest News from Nepal

बाराका प्रहरी प्रमुख पंगेनी र पर्साकी प्रहरी प्रमुुख पन्तको सरुवा

रञ्जन यादब/
बाराका जिल्लाका प्रहरी प्रमुख एवम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीको सरुवा भएको छ ।
पंगेनीको ठाउँमा बारा प्रहरीको नेतृत्व लिन प्रहरी उपरिक्षक दीपेन्द्र शाही आउँने भएका छन् ।

प्रहरी प्रधान कार्यालय घुम्ती पर्यटक प्रहरी कार्यालय नक्साल काठमाडौँमा कार्यरत शाहीलाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा दिएइएको छ । बाराका पंगेनीको भने महानगरीय अपराध महाशाखा काठमाडौँमा सरुवा गरिएको छ ।

यता पर्सा जिल्लाकी प्रहरी उपरीक्षक गंगा पन्तको पनि सरुवा भएको छ । पन्तको ठाउँमा पर्सा प्रहरीको प्रमुख बनेर बेलबहादुर पाण्डे आउँने भएका छन् । महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानिपोखरी काठमाडौँमा कार्यतर प्रहरी उपरीक्षक पाण्डेलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा दिएइएको छ ।

पन्तलाई भने केन्द्रीय अनुसन्धान व्युरो इन्टीलिजेन्स महाशाखा काठमाडौँ सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागको कर्मचारी प्रशासन शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी प्रमुख श्याम कुमार महत्तोको पनि सरुवा भएको छ । पथलैयामा अवस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महत्तोसंगै ३० जना एसपीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचि अनुसार महत्तो अब पथलैयाबाट बिशेष अपराध अनुसन्धान महाशाखा काठमाण्डौमा सरुवा जाने भएका छन् । महत्तोको ठाउमा अब हिमालय कुमार श्रेष्ठले ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । श्रेष्ठ यसअघि अपराध अनुसन्धान बिद्यालय महाराजगंज काठमाण्डौमा कार्यरत थिए ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको जनाईएको छ ।