रञ्जन यादब /
बारामा नदीजन्य पदार्थको उत्खनन् कार्य आज देखि सुरु भएको छ । जिल्ला समन्वय समितिले बाराले स्थानिय तह अन्र्तगतको नदिजन्य पदार्थ उत्खनन् शुरु गरिएको हो ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंहको संयोजकत्वमा हिजो बसेको बैठकले नदिजन्य पदार्थको उत्खनन् तथा ढुवानी सुर्योदयदेखि सुर्यास्त सम्म दिनको समयमा मात्र व्यवस्था मिलाएको छ ।
बाराको मुख्य–मुख्य बजार क्षेत्रमा साम्रगीको ढुवानी कार्य गर्दा दिउँसो ११ बजेदेखि ३ बजेको समयभित्र गर्ने भनिएको छ ।
नदिजन्य उत्खनन् हुने ६ ओटा खोला मध्ये जितपुरसिमरा उपमहानगरपालिका अन्र्तगत दुधौरा, बालगंगा र पसाहा खोला रहेको छन् भने निजगढ नगरपालिका अन्र्तगत बकैया खोलाको आधा भाग र धन्सार खोला रहेको छ ।
त्यस्तै गरी कोहल्वी नगरपालिका अन्र्तगत बकैया खोलाको आधा भाग रहेको छ ।जिल्ला समन्वय समितिले आज देखि नदिजन्य उत्खनन् गर्ने निर्णय गरेपनि पसाहा खोला र बकैया खोलामा भने यसअघि देखि नै उत्खनन् कार्य भई रहेको छ ।
बाराको ३ ओटा स्थानिय तह अन्र्तगतका उत्खनन् हुने ६ ओटा खोला मध्ये जितपुरसिमरा उपमहानगरपालिका अन्र्तगतको दुधौरा र बालगंगा खोलाको उत्खनन्को जिम्मा पाएका श्रेष्ठ बिल्र्डस् र न्यु पाथिभरा सप्लायर्सले माघ मसान्तमा बुझाउनुपर्ने दोस्रो किस्ताको झण्डै १ करोड रकम हालसम्म बुझाएका छैनन् ।
समन्वय समिति बैठकले नदिजन्य पदार्थको ठेक्का सर्त बमोजिम उत्खनन् नगरेको वा दाखिल गनुपर्ने कबोल रकम नबुझाउने व्यवसायीलाई उत्खनन् गर्न नदिने निर्णय गरेको समेत गरेको छ ।
जितपुरसिमरा उपमहानगरले २४ घन्टे अल्टिमेटन सहित दर्जनौ पटक पत्र पठाएर दोस्रो किस्ताको रकम बुझाउन तोकता गरेपनि माघ मसान्त सम्म बुझाउनुपर्ने दोस्रो किस्ताको रकम ठेकदारहरुले लकडाउन लगायत विभिन्न बाहानामा हालसम्म बुझाएका छैनन् ।
समन्वय समितिको बैठकले सम्बन्धित स्थानीय तहबाट खटिएको कर्मचारीको प्रत्यक्ष निगरानीमा उत्खन्न गर्ने ब्यवस्था मिलाएको छ ।
सो खटिएको कर्मचारीले दैनिक स्वरुप परिमाणको अभिलेख प्रत्येक ७÷७ दिनमा जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पठाउने ब्यवस्था छ ।