Sajhedari Daily
Latest News from Nepal

बिरगंज कपडा बैंकद्वारा पर्साको जगरनाथपूर गाउपालिकाको सुहपूरमा कम्बल बितरण

बढ्दै गएको चिसोलाई मध्यनजर गरी बिरगंज कपडा बैंकले पर्साको जगरनाथपूर गाउपालिकामा वडा नम्बर ४ सुहपूरमा कम्बल बितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको बीच सुहपूरमा रहेका दलितलाई कम्बल वितरण गरिएको विरगंज कपडा बैंकका अध्यक्ष बृजेश्वर चौधरीले बताए । भिन्न दाताले उपलब्ध गराएका न्यानो कपडालाई आफै उक्त वस्तीमा पुगी अध्यक्ष चौधरीले ५१ थान कम्बल बितरण गरेको छ ।

कम्बल बितरण संगसँगै उक्त दलितहरुको रोजगारीको बारेमा समेत छलफल भएको छ । आगामी दिनमा यस्ता दलितलाई रोजगारीको व्यवस्था गर्ने कार्यक्रममा सहभागी भएकाले आश्वाशन दीएका हुन् ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अघ्यक्ष प्रभुनाथ प्रसाद चौघरी,समाजिक अभियन्ता कन्हैया पटेल,समाजसेवी ठाकुर प्रसाद चौघरी,उमाशंकर चौघरी,बिरकेशवर चौघरी लगाएतको उपस्थिति रहेको थियो ।

Comments are closed.

error: Content is protected !!