निजगढ नगरपालिकाद्वारा धानको बिउ वितरण

साझेदारी दैनिक
साझेदारी दैनिक 417 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं /
निजगढ नगरपालिकाले नगर भित्रका किसानहरुलाई धानको बिउ अनुदानमा वितरण गर्न शुरु गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत छुट दिएर अनुदानमा बिउ वितरण गरेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

किसानहरुलाई राधा ४ र सावित्री जातको धानको बिउ वितरण गरिएको मेयर खनालले बताउनुभयो । नगरपालिकाले किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो ।

लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमा समेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको हो ।

समाचार शेयर गर्नुहोस
Leave a review