बाराको कोल्हवीमा तीनदिने थारु माघी सांस्कृतिक महोत्सव विहिवारबाट शुरु

साझेदारी दैनिक
साझेदारी दैनिक 769 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

धिरेन्द्र पनुहर
बाराको कोल्हवीमा विहिवारदेखी तीन दिने थारु माघी सांस्कृतिक महोत्सव शुरु भएको छ ।
थारु कल्याणकारिणी सभा बाराको आयोजनामा उक्त महोत्सव कोल्हवी नगरपालिका वडा नम्बर एक स्थित आयोजना गरिएको हो ।
महोत्सवको पुर्वस्वास्थ्य मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्री चौधरीले थारु समुदायको संकृतिलाई पर्यनसंग जोडेर युवालाई स्वरोजगार बनाएर काम गर्न सके देश आर्थिक सम्वृद्धिको बाटोमा अग्रसर हुने बताएका छन । राज्यले अझैपनि थारु आदिवासी जनजातिलाई उपेक्षा गरेको बताउदै पुर्वमन्त्री चौधरीले थारु आदिवासीको उत्थानका लागि विशेष योजना आउन नसकेको बताए । देशको हरेक परिवर्तनमा थारु आदिवासी जनजातिहरुले आहुति दिएको हुदा झैपनि सरकारले कयौ निर्दोष थारु आदिवासीलाई विभिन्न मुद्धामा फसाएको बताए । थारु समुदायमा एकताको आवश्यता रहेकोले अधिकारका लागि एकजुट हुन चौधरीले आग्रह गरेका छन ।
महोत्सवमा मनोरन्जनको लागि विभिन्न खेल, तमासा, झुला समेत राखिएको छ । यस्तै चितवन, नवलपरासी लगाएत स्थानीय थारु कलाकारहरुको प्रस्तुती समेत गरिने छ । महोत्सवमा थारु जातिको विभिन्न भेषभुषा, थारु संस्कृती झल्किने बिभिन्न किसिमको नृत्य जस्तै घाटो, समाचकेवा, हरफरौरी, ठ्करा नाच, पुर्बी नाचको झाँकी प्रदर्शन हुने छ भने थारु जातीका विशेष परिकारहरु लाई, सठौरा, तिलवा, बगेआ, घोङ्ही , सिधरी, पकली, मसुलार लगाएत स्ट्ल राखिएको थारु कल्याणकारिणी सभाका जिल्ला सचिव यादवकृष्ण चौधरीले जानकारी गराए ।
थारु कल्याणकारिणी सभाका सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा आयोजित उक्त उद्घाटन समारोहमा बारा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका नयाव प्रहरी उपरिक्षक गौतम मिश्रा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनाल, बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछार, कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, थारू अगुवा रबिन्द्र पनुहर लगायतकाले सम्बोधन गरेको कल्याणकारिणी सभाका सचिव चौधरीले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review