Sajhedari Daily
Latest News from Nepal

निशूल्क आँखा शिविर सम्पन्न, १७७ आँखा चेकजाँच र २२ जनमा मोतिया बिन्दु

रबिन्द्र प्रसाद साह/
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर स्थित रहेको शहरी गरिबी निवारण मञ्च एवम् शहरी सामुदायिक सूचना केन्द्रको भवनमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सो शिविरको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले उद्घाटन गरेका थिए । शहरी गरिबि निवारण मंचको आयोजना तथा माट्रिका आई फाउन्डेशन, विरगंज सोनाशिष आँखा केन्द्र कलैया र लुमन्ति आवासको लागि सहयोग समुह कलैयाको संयुक्त सहयोगमा उक्त शिविर संचालन गरेको हो ।

शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा गरिएको सो आँखा शिविरमा कुल एक सय ७७ जानले जेकचाँज गराएका थिए जसमध्ये २२ जनामा मोतिता बिन्दुको समस्या देखा परेको थियो।

सो शिविरमा आँखा सम्बन्धि कुनै किसिमको अप्रेसनमा ५० प्रतिशत छुट तथा चश्मा र औषधिमा २० प्रतिशत छुटको व्यवस्था गरिएको ाट्रिका आई फाउन्डेसनकी भावना सिंहले जानकारी गराइन ।

शिविर उद्घाटनका अवसरमा भवानीपुर उपभोक्ता समितिका अध्यक्ष भदै महरा, समितिकै सचिव नथु राम, लुमन्ति आवाशकोको लागि सहयोग समूहका प्रतिनिधि एवम् सामुदायिक सहजकर्ता अनिल मण्डल, व्यवसायी सुरेश साह लगायतको सहभागिता रहेको थियो।